काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका-१२ मा गोरू काटेको अभियोगमा अदालतबाट दोषी ठहर भएका चार जना जेल चलान भएका छन् ।
२०७७ चैत ४ गते राती २:०० बजेको समयमा गोरु काटेर मासु काट्दै गरिरहेको अवस्थामा काट्नको लागि प्रयोग गरिने औजारसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
प्रतिवन्धित चौपाया काटेको अभियोगमा पक्रार परेका चार जना उपर झापा जिल्ला अदालतमा पशुपंक्षी सम्वन्धि कसुरमा मुद्दा चलेको थियो ।
जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवले २०८० असार २८ गते उक्त मुद्दामा फैसला गर्दै प्रतिवादीलाई जनही रु एक वर्षका दरले कैद सजाय तोकेका थिए ।
घटनापछि पक्राउ परेका चारैजना विभिन्न मितिमा अदालतमा प्रतिव्यक्ति रु एक लाख रुपैयाँ धरौटी राखेर रिहा भएका थिए ।
धरौटीमा रिहा भएका उनीहरूलाई फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले मंसिर २९ गते पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ बस्ने सुवास दर्जी, सुनिल भन्ने दिलिप विश्वकर्मा, धने भन्ने धन बहादुर तोलाङ्गे, र टार्जन भन्ने पूर्ण बहादुर सार्की रहेका छन् ।
चारैजनालाई कैद भुक्तानको लागि आइतबार कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
कानुनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ ले गाई, गोरु मार्न वा कुट्न नहुने त्यसो गरेमा अपराध गरेको ठहर गर्दै सजाय समेत तोकेको छ । संहिताको परिच्छेद २७ मा रहेको पशुपक्षी सम्बन्धी कसुरको दफा २८९ मा कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद र कुटेर अङ्गभङ्ग पारेमा छ महिनासम्म कैद हुनेछ ।
तर कुनै गाई वा गोरुले आफ्नो वा अरूको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने कसुर गरेको मानिने छैन भनेर पनि सोही दफामा उल्लेख छ ।
अदालतका आदेशमा तयार पारिएका सामाग्रीहरू
- सामूहिक बलात्कारमा संलग्न युवक १० वर्षपछि जेल
- नौ वर्षअघि जङ्गलमा गएर चरेस उत्पादन, बागलुङकी रीता घर्तिमगर पुगिन जेल
- १६ वर्षअघि नाबालिकामाथि सामूहिक बलात्कार, ५८ वर्षका कँडेल पुगे जेल
- ३४ वर्षअघि हत्या गरेर फरार व्यक्ति जेल चलान
- समाजका भद्र भलादमी बसेर सम्वन्धविच्छेद, दोस्रो विवाह गरेका चेतमान पुगे जेल
- विदेशीलाई नेपाली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष जेल चलान
- प्रस्टसँग बोल्न नसक्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने महत जेल चलान
- जापान पठाइदिन्छु भन्दै ३५ जनाबाट करोडौँ ठग्ने जेल चलान
- ढुङ्गाले हानेर गोरु मारेर मासु खाने जेल चलान
- एघार वर्षअघि सौता बनेर गएकी महिला जेल चलान
- १० वर्षअघि मान्छे मारेर भागेका व्यक्ति जेल चलान
- कान्छी श्रीमती बनेर गएकी महिलासहित श्रीमान् जेल चलान
- जन्मकैद फैसला भएका व्यक्ति १२ वर्षपछि जेल चलान
- छ वर्षअघि मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको निधन, चालक अहिले जेल चलान
- साथिको बहिनीमाथि बलात्कार प्रयास गरेर फरार रहेका दुलाल तीनवर्षपछि जेल चलान
- चिठ्ठा परेको भन्दै एक महिलालाई ठगेर फरार चौधरी चार वर्षपछि जेल चलान
- श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमानसहित तीन जना जेल चलान
- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति तीन वर्षपछि जेल चलान
- मोटरसाइकलमा गोरुको मासु बोकेर हिंड्ने फरार चालक ६ महिनापछि जेल चलान
- ११ वर्षअघि छुरी देखाएर चोरी गर्ने व्यक्ति जेल चलान
- गाडीले मान्छे किचेर फरार चालक २६ वर्षपछि जेल चलान
- पैसा नभएको खाताको चेक दिएर फरार व्यक्ति जेल चलान
- ज्यान मारेर फरार व्यक्ति १३ वर्षपछि जेल चलान
- बहुविवाह मुद्दाका फरार ८ वर्षपछि र कर्तव्य ज्यान मुद्दाका अभियुक्त सात वर्षपछि जेल चलान
- २३ वर्षअघि हत्या गरेर वैदेशिक रोजगार, नेपाल आएपछि लुकेर बसेका व्यक्तिलाई सर्वस्व सहित जन्म कैद