
पाँचथर । छिमेकमा रहेकी १३ बर्सिया बालिकामाथि यौन दुर्व्यवहार गरिरहेको अवस्थामा आफ्नै छोराले देखेपछि गाउँ छाडेर हिँडे नरबहादुर धमला ।
घटना २०७७ साल वैशाख २८ गतेको हो । जिल्लाको हिलिहाङ गाउँपालिका-७ बस्ने ५२ बर्सिया नरबहादुर धमलाले छिमेकमा रहेकी १३ बर्सिया बालिकाको संवेदनशील अङ्ग चलाइरहेको अवस्थामा धमलाको ७/८ वर्षको छोराले देखेर आमालाई भनिदिन्छु भनेपछि उनी गाउँबाट बेपत्ता भएका हुन् ।
गाउँमा हल्ला चलेपछि बालिकाको आमाले प्रहरी कार्यालयमा धमलाले करणीका आशयले नाबालक छोरीमाथि यौन दुर्व्यवहार गरेको भन्दै २०७७ साल जेठ २ गते किटानी जाहेरी दिइन् ।
किटानी जाहेरी परेपछि प्रहरीले धमलाको खोजतलास गर्यो तर धमलालाई भेट्न सकिएन ।
कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिन्छ ।
मुलुकी अपराध संहिता २०७४ ले बालयौन दुरुपयोगमा कसुरदार ठहर गरेको व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने उल्लेख गरेको छ ।
प्रहरीले पीडित बालिका, उनका अभिभावक, घटना देख्ने सुन्ने व्यक्तिहरूको बयान, बालिकाको स्वास्थ्य परीक्षक प्रतिवेदन, उमेर खुल्ने कागजातका आधारमा धमलाउपर बालयौन दुरुपयोगमा सरकारी वकिल कार्यालयमार्फत पाँचथर जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।
धमलालाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ (१) र (३) (ङ) बमोजिमको कसुर गरेको हुँदा उनलाई सोही ऐनको दफा ७२ (३) (ख) बमोजिम सजाय र बालिकालाई पर्न गएको मानसिक, शारीरिक पीडा, सामाजिक दबाब तथा पर्न जाने व्यक्तिगत आर्थिक प्रभावको मध्यनजर गर्दै मनासिब क्षतिपूर्ति भराउन माग गर्दै अदालतमा मुद्दा दायर भयो ।
ऐनको उक्त दफामा बालबालिका उपर यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने कार्यलाई बालयौन दुर्व्यवहार गरेको मानिने उल्लेख छ ।
बालिकामाथि पटक पटक भएको थियो यौन दुर्व्यवहार
पाँच कक्षामा पढ्ने ती बालिकाउपर यसअगाडि पनि पटक पटक धमलाले यौन दुर्व्यवहार गर्दै आइरहेको उनले प्रहरीसामु बताएकी छन् ।
अदालतमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा बालिकाको भनाई उद्धृत गर्दै लेखिएको छ, ‘एक/दुई महिना अगाडि देखी गाउँका भिनाजु नाताका धमलाले मेरो संवेदनशील अङ्ग चलाउने छुने कार्य गर्ने गर्दथे । कहिले सुरुवाल समेत खोलिदिन्थे त्यसपछि म भागेर आफ्नो घर जाने गर्दथे ।’
अनि अदालतले धमलालाई दोषी ठहर गर्यो
पाँचथर जिल्ला अदालतले २०७९ असार २० गते धमलालाई बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्यो । न्यायाधीश योगेन्द्रप्रसाद साहले किटानी जाहेरी, पीडित बालिका उनका अभिभावक र घटना देख्ने सुन्ने व्यक्तिहरूको बयानको आधारमा धमलालाई दोषी ठहर गरेको हो ।
उनलाई दोषी ठहर गर्नुमा घटनापछि उनी फरार रहेको र उनको नामको म्याद श्रीमतीले बुझेर लगेता पनि अदालतमा उपस्थित नभएको कुरालाई मुख्य आधार मानिएको छ ।
न्यायाधीश साहले धमलालाई एक वर्ष कैद, पच्चिस हजार रुपैयाँ जरिवाना र सोही रकम बराबर पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरे ।
घरमा आएको बेला पक्राउ परे धमला
घटनापछि नै गाउँबाट भागेका धमला केही समय अगाडि देखि घरमा आएर बसेको सूचना पाँचथर प्रहरीसम्म पुग्यो । प्रहरीले धमलालाई असोज २२ गते दिउँसै उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक दिवस कुँवरले केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका धमलालाई कैद भुक्तानको लागि सोही दिन नै कारागार कार्यालय लगिएको छ ।
अन्य समाचारहरू
- सामूहिक बलात्कारमा संलग्न युवक १० वर्षपछि जेल
- नौ वर्षअघि जङ्गलमा गएर चरेस उत्पादन, बागलुङकी रीता घर्तिमगर पुगिन जेल
- १६ वर्षअघि नाबालिकामाथि सामूहिक बलात्कार, ५८ वर्षका कँडेल पुगे जेल
- ३४ वर्षअघि हत्या गरेर फरार व्यक्ति जेल चलान
- समाजका भद्र भलादमी बसेर सम्वन्धविच्छेद, दोस्रो विवाह गरेका चेतमान पुगे जेल
- विदेशीलाई नेपाली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष जेल चलान
- प्रस्टसँग बोल्न नसक्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने महत जेल चलान
- जापान पठाइदिन्छु भन्दै ३५ जनाबाट करोडौँ ठग्ने जेल चलान
- ढुङ्गाले हानेर गोरु मारेर मासु खाने जेल चलान
- एघार वर्षअघि सौता बनेर गएकी महिला जेल चलान
- १० वर्षअघि मान्छे मारेर भागेका व्यक्ति जेल चलान
- कान्छी श्रीमती बनेर गएकी महिलासहित श्रीमान् जेल चलान
- जन्मकैद फैसला भएका व्यक्ति १२ वर्षपछि जेल चलान
- छ वर्षअघि मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको निधन, चालक अहिले जेल चलान
- साथिको बहिनीमाथि बलात्कार प्रयास गरेर फरार रहेका दुलाल तीनवर्षपछि जेल चलान
- चिठ्ठा परेको भन्दै एक महिलालाई ठगेर फरार चौधरी चार वर्षपछि जेल चलान
- श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमानसहित तीन जना जेल चलान
- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति तीन वर्षपछि जेल चलान
- मोटरसाइकलमा गोरुको मासु बोकेर हिंड्ने फरार चालक ६ महिनापछि जेल चलान
- ११ वर्षअघि छुरी देखाएर चोरी गर्ने व्यक्ति जेल चलान
- गाडीले मान्छे किचेर फरार चालक २६ वर्षपछि जेल चलान
- पैसा नभएको खाताको चेक दिएर फरार व्यक्ति जेल चलान
- ज्यान मारेर फरार व्यक्ति १३ वर्षपछि जेल चलान
- बहुविवाह मुद्दाका फरार ८ वर्षपछि र कर्तव्य ज्यान मुद्दाका अभियुक्त सात वर्षपछि जेल चलान
- २३ वर्षअघि हत्या गरेर वैदेशिक रोजगार, नेपाल आएपछि लुकेर बसेका व्यक्तिलाई सर्वस्व सहित जन्म कैद