
काठमाडौँ । आजभन्दा १६ वर्षअघि ललितपुरमा एक नवबालिकामाथि सामूहिक बलात्कारमा संलग्न अमरेश कँडेल हिजो जेल चलान भएका छन् ।
२०६४ साल पौष ५ गते राती ललितपुरको तत्कालीन ठैव गा.वि.स-८ मा रहेको लिन्टीकल सेन्टर प्रा.लि.को क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिका सामूहिक बलात्कारमा परेकी थिइन् ।
ती बालिकालाई अर्जुन कार्की र अमरेश कँडेलले जबरजस्ती करणी गरेका थिए ।
ललितपुर जिल्ला अदालतले २०६५ फाल्गुन ४ गते उक्त घटनामा कार्की र कँडेललाई दोषी ठहर गर्दै मुलुकी ऐन, जबरजस्ती करणीको महल बमोजिम पाँच वर्ष र सामूहिक करणी बापत थप पाँच वर्ष गरी कूल दश वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

प्रस्टसँग बोल्न नसक्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने महत जेल चलान
काठमाडौँ । फरक क्षमता भएकी एक बालिकामाथि बालयौन दुरुपयोग गरेको मुद्दामा...
शुक्रवार, भदौ ८ २०८०अहिलेसम्म लुकिछिपी बस्दै आएका कँडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले हिजो चितवन भरतपुर नगरपालिका-८ गौरीगंजबाट पक्राउ गरेको हो ।
अहिले ५८ वर्ष पुगेका कँडेललाई सोमबार नै कैद भुक्तानको लागि कारागार कार्यालय चितवन पठाइएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नबराज अधिकारीले जानकारी दिए ।
