
नेपाल संवत् ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीले आयोजना गरेको चियापान समारोहमा हालका बहाल वाला प्रधानमन्त्री प्रचण्डलाई बागलुङका पदम कुँवरले थप्पड हानेका थिए ।
हाल रक्षामन्त्री समेत रहेका पूर्ण बहादुर खड्कालाई २०६५ जेठ १५ गते एमालेकी सभासद् कमला शर्माले चप्पल प्रहार गरेकी थिएन।
यी प्रतिनिधि घटनाहरू नेपालका ठुला ठुला नेतागणलाई यसरी थप्पड र जुत्ता प्रहार गर्नु कुनै नौलो भएन यस बाट सबै नै परिचित छन्। पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि रुकुममा एक छात्राले सार्वजनिक सभामा चप्पल हानेको घटना पनि कुनै बेला चर्चाको विषय बनेको थियो।
बि.स.२०७४ माघमा भारतीय अभिनेत्री तमन्ना भाटिया माथि पनि हैदराबादको एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो।नेपालकै रौतहटको एक कार्यक्रममा भारतीय भोजपुरी कलाकार दिनेश लाल निरहुआ, आम्रपाली र इन्दु शोनाली लगायतको कलाकार माथि पनि चप्पल जुत्ता प्रहार गरेको घटना ताजै छ ।
‘द कश्मीर फाइल्स’ चलचित्रका अभिनेता दर्शन कुमार माथि चप्पल प्रहार भएको थियो, महिला माथि आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीमाथि चप्पलले प्रहार भएको हो।
यस्ता घटना विगत देखि अहिले सम्म केही न केही कारण देश तथा विदेशमा नेता देखि अभिनेता, सेलिब्रेटी सम्मले जुत्ता, चप्पल वा थप्पड प्रहार भएको घटना देख्न र सुन्न पाइरहेका छौ। त्यसको कारण खोज्नुपर्ने जरुरी देखिएको छ ।
युवाहरूमा सामाजिक सञ्जाल मार्फत बारम्बार नेताहरू,कलाकार प्रति आक्रमण हुनु र पछिल्लो समयमा सार्वजनिक स्थान, कन्सर्ट, साङ्गीतिक कार्यक्रममा भौतिक रूपमा आक्रमण हुनुले पनि झन् समस्या जटिल बनाएको छ।
गायक, सर्जक पनि यो कहिले बिर्सन हुन्न की उनीहरूलाई यहाँ सम्म बनाउने पनि तपाई हामी नै हौ उनीहरूको खुट्टा तान्ने पनि स्वयं हामी नै । त्यसैले सर्जकले “जो दिखता है व बिकता है” जस्तो गरी अरूलाई असर, क्षति पुग्ने खालको सिर्जना प्रस्तुत र प्रदर्शन गर्न कहिले हुँदैन।
गत सोमबार फेरी एक पटक रोमानियामा भएको सांस्कृतिक कार्यक्रममा लोकगायक प्रकाश सपुत माथि क्यान बियरको बोतल प्रहार भएको छ ।दर्शकदीर्घाबाट फ्याँकिएको बोतल उनको निधारमा लागेको थियो जसको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ।
केही समय पहिले गाएको उनको गीतलाई लिएर धेरै नै तर्क वितर्क, बहस भई रहेको अवस्था थियो।यसलाई बुझ्ने हो भने कहीँ कतै उनले गएका गीतलाई लिएर सुनियोजित रूपमा नै घटना घट्या हो की भनेर पनि आकलन गर्न सकिन्छ वा कुनै गीत सङ्गीतमा झुमिरहेर नशामा लट्ठा भए पछि पनि दुर्घटना हुन सक्ने अनुमान गर्न सकिन्छ।नत्र सोही कार्यक्रममा अरूलाई नगरी किन सपुत नै त्यो घटनामा परे भन्ने मुख्य कुरा हो !

यसरी सेलिब्रेटी, गायक, कलाकार,नेतालाई नै आधार मानेर किन प्रहार गरिन्छ भन्ने फरक विषय होला जस्तो लाग्दछ।यस विषयमा कुनै बहस भएको कहीँ कतै पाइएको छैन।एकदुईदिन चर्चामा हुने र सम्बन्धित निकायले विज्ञप्ति निकाल्ने, माफी दिने वा ठुलै काण्ड भए हिरासतमा लिएर छोड्ने गरेको पाउँछौ। तर, यस्ता घटनाले भविष्यमा के कस्तो असर गर्छ भनेर कुनै ठोस कदम चालेको पाइँदैन।नेताका कामको मूल्याङ्कन गरेर वा जनता नेता देखि रुष्ट बने पछि त्यसको रिसमा जुत्ता, चप्पल र थप्पडको सामना गरेका हुन्छन् यो नेता प्रति जनताको आक्रोश पोख्ने एउटा तरिका हो।
अर्की गायिका सोफिया थापाको २०७७ सालमा सार्वजनिक भएको गीत ‘नो व्रत प्लिज’ लाई लिएर हिन्दुवादी सङ्घ संस्थाले उक्त गीत हटाउन लगाएका थिए।जसको मुख्य कारण थियो धार्मिक आस्था,संस्कृति माथि आक्रमण ! लोक दोहोरी गायिका तारा थापाका गीतमा छाडा शब्द, यौन र अश्लील भाव बुझाउने वाला गीतले हाम्रो समाज कता तिर मोडिएको छ भन्ने प्रस्ट बुझ्न सकिन्छ यसलाई रोक्ने निकाय को हो ? कस्ता गीत सही र कस्ता गीत गलत भनेर छुटाउने कसले हो त्यो अनुत्तरित नै छ।
यसरी बुझ्दै जाँदा कलाकार पनि कहीँ उसले गरेका सिर्जनाले कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष असरका कारण यस्ता खालका घटनामा हुन्छन् भन्नेमा दुई मत नहोला भन्न सकिन्न।
सिर्जना गर्ने निहुँमा सही या गलत, ठिक वा बेठिक छुटाएर आफ्ना रचनालाई दर्शक श्रोता माझ पस्कनु पर्दछ। कुनै जाती समुदाय लिङ्ग र देशलाई आघात गर्नेमा सचेत हुन पर्दछ।
हामी दर्शक-श्रोता पनि ज्यादै ‘एक्ससाइटेड’, ‘रोमाञ्चित हुन पुग्दा कलाकार, सर्जकलाई “बाल” नदिने भन्दै उनीहरूलाई खराब नियतले हेर्ने, घुर्ने, छुने, फ़्लर्ट गर्ने, अश्लील हरकत गर्ने गर्दा ‘कबड्डी ४ ‘फेम नायिका मिरुना मगरले आफूलाई दुर्व्यवहार गरेको भन्दै एक युवा भिक्षुलाई प्रहरी हिरासत पुर्याए पछि चर्को आलोचना भएको थियो।
तर, यो भनी रहँदा गायक, कलाकार माथि हुनुले कन्सर्ट, साङ्गीतिक कार्यक्रममा घटना घट्नुमा श्रोताहरू रक्सीको तालमा मनोरञ्जन गरेर धेरै नशामा डुबी उक्सिएर,जोस्सिएर आफूसँग भएको बोतल होस् या आफूले लगाएको कपडा पनि फुकालेर नाङ्गै भएका हुन्छन् । सायद यही कारण पनि हुन सक्ने गर्दछ । मानिसहरू मनोरञ्जन खालका कार्यक्रममा यसरी नाङ्गै हुने, नाच्ने झुम्ने, कपडा फाल्ने, चिच्याउने, हल्ला गर्ने सामान्य नै हुन्छ।
अझ हामी यो बिर्सन्छौ की रात्रिकालीन बार र डिस्कोमा नर्तकीहरु नाङ्गै आफ्नो कपडा फाल्दै गर्दा दर्शकहरू भने जोस्सिएर नतर्की माथि पैसा फाल्दै नाच्ने गर्छन् यसलाई किन सामान्य वा बेवास्ताका रूपमा लिई रहेका हुन्छौ त ?
कुनै बेला पोखरामै चर्चित र्यापर भि- टेन माथि पनि ढुङ्गानै प्रहार भएको थियो त अर्का र्यापर निर्णय एन. एस. के. सँग हातपातनै भएको घटना छ। उनीहरूका गीत सङ्गीत पनि युवाका लागि कुनै अत्यन्त राम्रा छन् त कुनै परिवार सँग बसेर सुन्न र हेर्न समेत नमिल्ने वा ‘मीनिंग लेस र भल्गर’ खालका छन्।
आफ्ना रचनाहरू सबैलाई मनपर्छ भन्ने हुँदैन र मन पराउनै पर्छ भन्ने पनि तँ हुँदैन तर यी विषय बाट भने सर्जक बिर्सन्छ की आफूले गरेका काम बाट असन्तुष्ट भए पछि श्रोता, दर्शकले त्यसका विरुद्ध सामाजिक सञ्जालमा लेख्ने र बोल्ने गर्दछ । जसका कारण सर्जक समेत त्यसको प्रति उत्तर दिन थाल्छ । त्यसैले, सर्जकले श्रोताका राम्रा नराम्रा टिप्पणी माथि आवेशमा आएर गाली र धम्की दिनुको सट्टा सहन सक्ने वा चुप बस्ने ल्याकत पनि राख्नु पर्दछ। कलाकार हुँ मैले गरेको सबै ठिक भन्ने हुँदैन,सबैले मलाई सम्मान गर्नु पर्छ भन्ने अहम्ता छाडन सक्नु पर्दछ।
हो गायक, कलाकार हाम्रा देशका गहना हुन् । मान सम्मान इज्जत गर्नु पर्दछ, आफूलाई मन परेको कलाकारका कार्यक्रममा जान छुट छ र मन नपरेका कलाकारका कार्यक्रममा जानै पर्छ भन्ने पनि छैन ।
कलाकार सेलिब्रिटी भन्दैमा जे गरे पनि हुन्छ भन्ने मानसिकता हटाउन पर्दछ । त्यसैको पछिल्लो उदाहरण गायक प्रकाश ओझा होस् या छानबिनकै रूपमा रहेको अर्का र्यापर गिरीश खतिवडा, जो ज्यान मार्ने घटनामा संलग्न रहेको कुरा आएको छ।
कुनै बेला ग्लामयर्स र कन्टोर्वेर्सीको नायिका शुभेच्छा थापा पनि कम छैनन् बौद्ध धर्मावलम्बीको पवित्र वस्त्र ‘खादा’ले आफ्नो संवेदनशील अङ्ग छोपेको फोटोसुटले बजारमा तहल्का पिटेको थियो।
तर गायक, सर्जक पनि यो कहिले बिर्सन हुन्न की उनीहरूलाई यहाँ सम्म बनाउने पनि तपाई हामी नै हौ उनीहरूको खुट्टा तान्ने पनि स्वयं हामी नै । त्यसैले सर्जकले “जो दिखता है व बिकता है” जस्तो गरी अरूलाई असर, क्षति पुग्ने खालको सिर्जना प्रस्तुत र प्रदर्शन गर्न कहिले हुँदैन।
हामीले लोकगीत, चलचित्र वा कुनै सिर्जना आफ्नो देश, जन्मभूमि, संस्कृति माटो सुहाउँदो गर्न नसके हामीले ठान्ने सेलिब्रेटी, कलाकार, सर्जक र नेताहरू माथिको जुत्ता, झापड, ढुङ्गा, बोतल जस्ता प्रहारको सिलसिला आगामी दिनमा अझै नबढ्ला भन्न सकिँदैन । त्यसैले बेलैमा सजक र सचेत बनेर चाडै धन, इज्जत कमाउने, भाइरल हुने, लोभलाभमा नफस्न आवश्यक छ।
लेखकले समसामयिक विषयमा कलम चलाउने गर्दछन् ।