काठमाडौं । कर्तव्य ज्यान सम्वन्धी कसुरमा अदालतबाट दोषि ठहर भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् ।
सर्वोच्च अदालतलको २०६६ फाल्गुन ३ गतेको फैसलाबमोजिम “कर्तब्य ज्यान” सम्बन्धी कसुरमा आठ बर्ष दुई महिना २३ दिन कैद भई हाल सम्म फरार रहेका व्यक्ति अहिले पक्राउ परेर जेल चलान भएका हुन् ।
यसरी पक्राउ पर्ने व्यक्ति पर्बतको साबिक पैयु गा.वि.स.वडा न.७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने चन्द्र बहादुर गुरुङको छोरा बर्ष ४८ का डबिन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले केटिएम दैनिकलाई बताए ।
ईलाका प्रहरी कार्यालय हुवास पर्बतबाट खटिएको प्रहरी टोलीले गुरुङ आफनै घरमा लुकीछिपी बसिरहेको आज पक्राउ गरेको हो ।
पक्राउ गरेका गुरुङलाई आज पर्वत जिल्ला अदालतमा पेश गरिएकोमा कारागार चलान गरिएको प्रहरी निरीक्षक राउतले बताए ।