
काठमाडौँ । “कानुनको अज्ञानता क्षम्य हुँदैन” अर्थात् कसैले कानुन प्रतिकुल हुने कार्य गरेमा सो कार्य गर्दा आफूलाई कानुनको ज्ञात नभएको भन्ने तर्क लिई आफूलाई बचाउ गर्न पाउँदैन र यस्तो तर्क लिनेलाई कानुनले उन्मुक्ति दिँदैन।
यस्तै यस्तै प्रकृतिको घटनाका कारण बागलुङ बडीगाड गाउँपालिका-७ बस्ने चेतमान गुरुङ जेल पुगेका छन् ।
बहुविवाह गरेको अभियोगमा जिल्ला न्यायाधीश डा. दिवाकर भट्टले २०७९ भदौ २७ गते गरेको फैसलामा गुरुङलाई एक वर्ष तीन महिना जेल पठाउने तोकिएको छ ।
गुरुङले अदालतमा गरेको बयानमा श्रीमती रुपा विश्वकर्मा गुरुङसँग २०६९ फाल्गुन १५ गते दलित सञ्जालका मानिसहरूको रोहवरमा श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद गर्ने मौखिक सहमति गरी अधिवक्ता यामबहादुर चर्मकारले कागज लेखेर सहिछाप गरेको बताएका छन् ।

तर, फैसला गर्ने न्यायाधीशले अदालत बाहेक अन्य निकायमा गरिएको सम्बन्ध विच्छेदको कागजातले कानुनी मान्यता नपाउने भन्दै उनलाई बहुविवाहको कसुरमा दोषी ठहर गरेका हुन् । फैसलाको पूर्णपाठको बुँदा नम्बर २१ मा भनिएको छ ‘घरसारमा वा अन्य कुनै निकायमा सम्बन्ध विच्छेद गर्ने गरी गरेको कागजलाई कानुनी मान्यता दिन सकिने अवस्था छैन ।’

केटिएम दैनिकले कागज गर्ने अधिवक्ता यामबहादुर चर्मकारसँग पनि यस विषयमा बुझ्ने कोसिस गरेको छ । उनले आफूलाई अहिले त्यो बारेमा जानकारी नभएको बताए । उनले भने, ‘धेरै अगाडिको कुरा होला अहिले मलाई याद भएन ।’
मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ मा “बहुविवाह गर्न नहुने” भन्दै उपदफा (१) मा “विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन” भन्ने उल्लेख छ भने , उपदफा (२) मा “कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन” भनिएको छ ।
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्ष देखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ साथै यसरी भएको विवाह स्वतः बदर हुनेछ।
तर उनीहरूबाट सन्तान भएको खण्डमा त्यस्तो विवाह कायम रहन्छ ।

प्रस्टसँग बोल्न नसक्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने महत जेल चलान
काठमाडौँ । फरक क्षमता भएकी एक बालिकामाथि बालयौन दुरुपयोग गरेको मुद्दामा...
शुक्रवार, भदौ ८ २०८०रुपा र चेतमानले २०५९ सालमा सामाजिक परम्पराअनुसार प्रेम विवाह गरेका हुन् । २०६६ सालमा उनीहरूको एक सन्तान (छोरी) को जन्म भयो । घरायसी झगडाका कारण रुपा घर छाडेर माइती आएर बस्न थालेपछि उनीहरूले समाजका भद्र भलादमीको रोहबरमा सम्बन्ध विच्छेद गर्ने सहमति गरेका हुन् । त्यही सहमतिको कागजात अधिवक्ता चर्मकारले तयार पारेर उनीहरूलाई सहिछाप गरिदिएको चेतमानले अदालतमा दिएको बयानमा उल्लेख छ ।
सम्वन्धविच्छेद गर्ने सहमतिको पत्रपछि चेतमानले विष्णु गुरुङसँग २०७० साल मङ्सिरमा दोस्रो विवाह गरे । उनीहरूबाट २०७३ सालमा एक सन्तान (छोरा) को जन्म पनि भयो ।
आफूलाई घरपरिवारले वास्ता गर्न छाडेपछि माइत गएर बसेको र श्रीमानले डिभोर्स माग्न थालेपछि छोरीलाई लिएर आफ्नो बाबुसँग भारत गएर बसेको कुरा रुपा विश्वकर्मा गुरुङले अदालतमा बताएकी छन् ।
पछि आफू श्रीमानको घरमा पुग्दा उनले विवाह गरी कान्छी श्रीमतीलाई घरमा भित्र्याएको भन्दै बहुविवाहको मुद्दा दायर गरेको उनले उल्लेख गरेकी छन्।

‘वर्क फ्रम होम’को प्रलोभन देखाई जबरजस्ती करणी गर्ने दुष्प्रयास
जावलाखेल ३७– झट्ट पढ्दा–सुन्दा यो जावलाखेल क्षेत्रको कुनै ठाउँको नाम हो...
शनिवार, साउन ६ २०८०कान्छी श्रीमती बनेर गएकी विष्णु गुरुङले आफूलाई जेठी श्रीमती भएको थाहा नभएको र कसैले जानकारी पनि नदिएको बयान दिएपछि अदालतले उनलाई निर्दोष ठहर गरेको छ ।
प्रहरीमा बहुविवाहको जाहेरी परेपछि चेतमान र विष्णु दुवै दुई दिनसम्म न्यायिक हिरासतमा बसेका थिए ।
अदालतले २०७९ वैशाख ४ गते गरेको थुनछेक आदेशमा चेतमानलाई एक लाख साठी हजार रुपैयाँ, र विष्णुलाई चालिस हजार रुपैयाँ धरौटी राखेर रिहा गरेको थियो ।
उता, चेतमानलाई बहुविवाह कसुरमा एक वर्ष तीन महिना कैद ठहर भएता पनि उनी फरार थिए । फरार रहेका चेतमान गुरुङलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन के.सी. ले बताए ।
पक्राउ परेका गुरुङलाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार पठाइएको छ ।
सम्बन्धित समाचार
- १६ वर्षअघि नाबालिकामाथि सामूहिक बलात्कार, ५८ वर्षका कँडेल पुगे जेल
- ३४ वर्षअघि हत्या गरेर फरार व्यक्ति जेल चलान
- समाजका भद्र भलादमी बसेर सम्वन्धविच्छेद, दोस्रो विवाह गरेका चेतमान पुगे जेल
- विदेशीलाई नेपाली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष जेल चलान
- प्रस्टसँग बोल्न नसक्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने महत जेल चलान
- जापान पठाइदिन्छु भन्दै ३५ जनाबाट करोडौँ ठग्ने जेल चलान
- ढुङ्गाले हानेर गोरु मारेर मासु खाने जेल चलान
- एघार वर्षअघि सौता बनेर गएकी महिला जेल चलान
- १० वर्षअघि मान्छे मारेर भागेका व्यक्ति जेल चलान
- कान्छी श्रीमती बनेर गएकी महिलासहित श्रीमान् जेल चलान
- जन्मकैद फैसला भएका व्यक्ति १२ वर्षपछि जेल चलान
- छ वर्षअघि मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको निधन, चालक अहिले जेल चलान
- साथिको बहिनीमाथि बलात्कार प्रयास गरेर फरार रहेका दुलाल तीनवर्षपछि जेल चलान
- चिठ्ठा परेको भन्दै एक महिलालाई ठगेर फरार चौधरी चार वर्षपछि जेल चलान
- श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमानसहित तीन जना जेल चलान
- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति तीन वर्षपछि जेल चलान
- मोटरसाइकलमा गोरुको मासु बोकेर हिंड्ने फरार चालक ६ महिनापछि जेल चलान
- ११ वर्षअघि छुरी देखाएर चोरी गर्ने व्यक्ति जेल चलान
- गाडीले मान्छे किचेर फरार चालक २६ वर्षपछि जेल चलान
- पैसा नभएको खाताको चेक दिएर फरार व्यक्ति जेल चलान
- ज्यान मारेर फरार व्यक्ति १३ वर्षपछि जेल चलान
- बहुविवाह मुद्दाका फरार ८ वर्षपछि र कर्तव्य ज्यान मुद्दाका अभियुक्त सात वर्षपछि जेल चलान
- २३ वर्षअघि हत्या गरेर वैदेशिक रोजगार, नेपाल आएपछि लुकेर बसेका व्यक्तिलाई सर्वस्व सहित जन्म कैद