
बागलुङ । आजभन्दा नौ वर्षअगाडि चरेस ओसारपसारमा संलग्न महिला जेल चलान भएकी छन् ।
२०७१ साल चैत्र २ गते बागलुङ साबिक बोहोरागाउँ गाविस-७ मा रीता घर्ती मगर र पुजा घर्तीको साथबाट प्रहरीले चरेस बरामद गरेको थियो ।
निसीबाट बुर्तिबाङतर्फ आउँदै गरेको बसमा सवार दुई महिलाको साथबाट साढे चार किलोको दरमा लागु औषध चरेस बरामद भएको खानतलासी बरामदी मुचुल्कामा उल्लेख छ ।
आधा केजीका पोका बनाएर कम्मरमा लुकाएर पटुकाले बेरेको अवस्थामा दुवै जनाको साथबाट नौ-नौ पोका चरेस बरामद भएको हो ।
प्रहरीसँगको बयानमा उनीहरूले उक्त चरेस बुटवलसम्म पुराइदिने उद्देश्यले लिएर हिँडेको र त्यहाँबाट प्रतिकेजी रु सात हजारको दरले रकम पाउने बताएका थिए ।
जङ्गलमा गएर बनाउँथे चरेस
प्रहरीसामु उनीहरूले दिएको बयानमा जङ्गलमा गएर गाँजाबाट चरेस बनाउने बताएका थिए ।
अदालतको पूर्ण पाठमा उनीहरूको भनाई उद्धृत गर्दै लेखिएको छ, ‘रोल्पा घर बताउने डम्मर बहादुर पुन निसी गाविसमा आएको बेला भल्कोट जङ्गलमा गई चरेस बनाई लैजाने गर्दथे हामीहरू पनि जङ्गलमा गई चरेस बनाउने काम गर्दथ्यौँ । निजसँग जङ्गलमा गई १ किलो चरेस बनाएमा तीन देखि चार हजार रुपैयाँ दिने गर्दथे ।
चरेस बनाई बुटवल सम्म ल्याइदिनु प्रतिकिलोको रु ७००० सम्म दिने बताएपछि भल्कोट जङ्गलमा गई २०७१ सालको असोज र कार्तिक महिनामा गरी हामी दुवै जनाले साढे चार किलोका दरले चरेस तयार गरी आ-आफ्नो घरमा ल्याएर राखेका हौँ ।
पक्राउ परेका महिलाहरूको घरमा खानतलासी गर्दा भने चरेस भेटिएको थिएन ।
प्रहरीले पक्राउ परेका उपर अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा मुद्दा दायर गर्यो । अदालतमा भने उनीहरूले इन्कारी बयान दिँदै आफूहरूले चरेस ओसारपसार नगरेको सिट मुनी नचिनेको व्यक्तिले पोका राखेर छाडिदिएको बताएका थिए ।
अदालतमा इन्कारी बयान दिएता पनि न्यायाधीश जगत प्रसाद श्रेष्ठले प्रहरीसामु उनीहरूले दिएको बयान, घटना विवरणका मानिस र बरामदी मुचुल्का तथा परीक्षण प्रतिवेदनको आधारमा उनीहरूलाई दोषी ठहर गर्यो ।
उक्त मुद्दाको पूर्ण पाठमा भनिएको छ, ‘तयार गरी राखिएको लागु औषध बेच्नको लागी बुटवल जाँदै गर्दा मिति २०७१/१२/२ मा बिहान ९:०० बजेतिर बागलुङ जिल्ला बोहोरागाउँ गा.वि.स. वडा नं. ७ स्थित कालाखेतमा ९ कि. ग्रा. लागु औषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो भनी मौकामा अधिकार प्राप्त अधिकारी समक्ष यी प्रतिवादीहरूले गरेको बयान, सरकारी गवाह घटना विवरणका मानिस, प्रतिवेदकको भनाई, बरामदी मुचुल्का तथा परीक्षण प्रतिवेदन समेतबाट पुष्टि भई राखेको देखिँदा यस अदालतमा प्रतिवादीहरू इन्कार रहेता पनि अधिकार प्राप्त अधिकारीहरू समक्ष गरेको निजहरूको बयानलाई अन्यथा भन्ने अवस्था देखिँदैन ।

कान्छी श्रीमती बनेर गएकी महिलासहित श्रीमान् जेल चलान
झापा । कान्छी श्रीमती बनेर गएकी महिला र उनलाई श्रीमती स्वीकार्ने...
मङ्गलवार, चैत २८ २०७९लागु औषध चरेस आफू बसेकै सिटबाट बरामद भएको हो भनी प्रतिवादीहरूले स्वीकार गरी अदालतमा बयान गरेको समेत हुँदा यी प्रतिवादीको साथबाट लागु औषध चरेस बरामद भएको कुरामा विवाद नहुँदा यी प्रतिवादीले अभियोग दाबी बमोजिमको कसुर अपराध गरेको ठहर्छ ।’
२०७२ साल असार १६ गते आएको अदालतको फैसलाले दुवै जनालाई लागु औषध ओसारपसारको अपराध गरेको ठहर गर्दै लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१) घ(४) बमोजिम जनही एक वर्ष तीन महिना कैद र रु एघार हजार पाँच सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
दुई महिना आठ दिन हिरासतमा बसेर २०७२ साल जेठ १२ गते जनही रु तीस हजार रुपैयाँमा धरौटीमा छुटेका उनीहरूले त्यसपछि फरार भएका थिए ।
फरार भएकामध्ये रिता घर्ती मगरलाई प्रहरीले दुई दिन अगाडि पक्राउ गरेको हो । घटनामा संलग्न पुजा घर्ती भने अहिलेसम्म फरार नै रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ मुद्दा शाखामा कार्यरत प्रहरी अधिकारीले जानकारी दिए ।
पक्राउ परेकी मगरलाई बुधवार अदालतमा पेस गरिएको थियो । अदालतबाट उनलाई कैद भुक्तानको लागि कारागार लगिएको बागलुङ प्रहरी प्रवक्ता डिएसपी मदन के.सी.ले केटिएम दैनिकलाई बताए ।
५८ वर्ष पुगेकी मगर अब एक वर्ष २२ दिन कैदमा बस्नुपर्ने भएको छ भने ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी उनले कैदमुक्त भएपछि जरिबानाबाट बचेको रकम भने नियमानुसार फिर्ता पाउनेछिन् ।
अदालतका निर्णयसम्बन्धी यसअगाडि प्रकाशित समाचार
- सामूहिक बलात्कारमा संलग्न युवक १० वर्षपछि जेल
- नौ वर्षअघि जङ्गलमा गएर चरेस उत्पादन, बागलुङकी रीता घर्तिमगर पुगिन जेल
- १६ वर्षअघि नाबालिकामाथि सामूहिक बलात्कार, ५८ वर्षका कँडेल पुगे जेल
- ३४ वर्षअघि हत्या गरेर फरार व्यक्ति जेल चलान
- समाजका भद्र भलादमी बसेर सम्वन्धविच्छेद, दोस्रो विवाह गरेका चेतमान पुगे जेल
- विदेशीलाई नेपाली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष जेल चलान
- प्रस्टसँग बोल्न नसक्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने महत जेल चलान
- जापान पठाइदिन्छु भन्दै ३५ जनाबाट करोडौँ ठग्ने जेल चलान
- ढुङ्गाले हानेर गोरु मारेर मासु खाने जेल चलान
- एघार वर्षअघि सौता बनेर गएकी महिला जेल चलान
- १० वर्षअघि मान्छे मारेर भागेका व्यक्ति जेल चलान
- कान्छी श्रीमती बनेर गएकी महिलासहित श्रीमान् जेल चलान
- जन्मकैद फैसला भएका व्यक्ति १२ वर्षपछि जेल चलान
- छ वर्षअघि मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको निधन, चालक अहिले जेल चलान
- साथिको बहिनीमाथि बलात्कार प्रयास गरेर फरार रहेका दुलाल तीनवर्षपछि जेल चलान
- चिठ्ठा परेको भन्दै एक महिलालाई ठगेर फरार चौधरी चार वर्षपछि जेल चलान
- श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमानसहित तीन जना जेल चलान
- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति तीन वर्षपछि जेल चलान
- मोटरसाइकलमा गोरुको मासु बोकेर हिंड्ने फरार चालक ६ महिनापछि जेल चलान
- ११ वर्षअघि छुरी देखाएर चोरी गर्ने व्यक्ति जेल चलान
- गाडीले मान्छे किचेर फरार चालक २६ वर्षपछि जेल चलान
- पैसा नभएको खाताको चेक दिएर फरार व्यक्ति जेल चलान
- ज्यान मारेर फरार व्यक्ति १३ वर्षपछि जेल चलान
- बहुविवाह मुद्दाका फरार ८ वर्षपछि र कर्तव्य ज्यान मुद्दाका अभियुक्त सात वर्षपछि जेल चलान
- २३ वर्षअघि हत्या गरेर वैदेशिक रोजगार, नेपाल आएपछि लुकेर बसेका व्यक्तिलाई सर्वस्व सहित जन्म कैद