
भक्तपुर । भक्तपुरको लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकल चालकको निधन भएको छ ।
आज साँझ ५:५५ बजे कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको ना.७ ख. ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशाबाट आँउदै गरेको बा.७३ प. २१६० नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक सिन्धुपाल्चोक चौतारा साँगागढीचोक नगरपालिका-४ ठुलो सिरुवारी घर भई हाल बालकोट बस्ने बर्ष ४१ को हरिशरण पुरी गम्भिर घाईते भएका थिए ।
घाइते भएका पुरीलाई उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगेकोमा उपचारकै क्रममा बेलुका ७:०० बजे निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।
घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर तेल बोक्ने ट्यांकरलाई नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको छ ।
ट्यांकर चालक जिल्ला सिन्धुपाल्चोक बलेफी गाँउपालिका-२ बस्ने बर्ष ४५ को तुल बहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।