बलिउड अभिनेत्री कंगना रनावत आफ्नो विन्दास भूमिकाका लागि प्रख्यात छिन् । ला गुऔ षध, नेपो टिज्म, गुट बन्दी र इ न्साइडर तथा आउटसाइडर जस्ता मु द्धामा कंगना खुलेर बोल्दछिन् । उनको यही बानीले भारत उनको दिवाना नै बनेको छ । कंगना सबैका अगाडि सत्यता बोलिरहँदा आफ्नो अगाडि को छ भन्ने कुरा पनि भुल्दछिन् र आफूले कसको कुरा गरिरहेको छ भन्ने कुरा बिर्सिन्छिन् ।
बलिउडमा ऋतिक रोशन र कंगनाको लडा ईंको बारेमा सबैलाई जगजाहेर नै छ । कंगनाले केही समय अघि मात्र आफू ऋतिकसँग डेट गरिरहेको बताएकी थिइन् । त्यसको केही समय पछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।
अभिनेत्री जया बच्चनले हालैमात्र कंगनामाथि उनी बलिउडलाई बदनाम गरिरहेको आ रोप लगाएकी थिइन् । यसपछि कंगनाले ट्वीटरमार्फत जयामाथि निशाना साँधिन ।
अभिनेत्री कंगनाको बहिनी रंगोली चन्देलले तापसी पन्नुलाई कंगनाको सस्तो कपी भनेकी थिइन् । तापसी र कंगना समय समयमा एकअर्कासँग झ गडा गरिरहेकै हुन्छन् ।
अभिनेत्री स्वरा भास्कर र कंगना हरेक दिन वादवि वादमै उत्रिन्छन् । उनीहरुको वा दविवाद नभएको खबर सायदै त नआएको कमै होला । अर्की अभिनेत्री सोनम कपुरसँग कंगनाको ल डाई पनि उस्तै छ । सोनमलाई कंगनाले नेपोटिज्मको उत्पादन बताएपछि सोनम आक्रो शित भएकी थिइन् ।
हालै कंगनाले मुम्बईलाई पीओकेको संज्ञा दिएपछि अभिनेत्री रेणुका शहाणेले उनलाई ट्वीटरमार्फत गाली गरेकी थिइन् । अभिनेत्री करिना कपूरमाथि हालै मात्र कंगनाले अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री सारा अली खानको ब्रेकअपको दोष लगाइन् ।
केही समय अघि टर्कीकी प्रथम महिलासँग भेट गरेको विषयलाई लिएर कंगना अभिनेता आमिर खानमाथि खनिइन् । फराह अलि खानले हालैमात्र कंगनामाथि वर्गवाला कमेन्ट गरेकी थिइन् । यसअघि उनले एकपटक कंगनासँग झ गडा गरिसकेकी छन् ।
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ । : सम्पादक