आज बलिउड अभिनेता ऋषि कपुरको जन्मदिन परेको छ । उनी हामीमाझ नभएपनि उनको सम्झना भने सधै नै रहिरहने छ । उनको निधनपछि उनको परिवार बिक्षिप्त नै बनेको छ ।
उनको निधनपछि उनकी छोरी रिद्धिमा कपुरले आफ्नो आमालाई साथ दिदै आएकी छिन् । ऋषि कपूरको यादलाई एक पटक फेरी जीवित गर्दै उनकी छोरी रिद्धिमाले उनको ६८ औँ जन्मदिनमा इंस्टाग्राम अकाउंटमा आफ्नो पिता ऋषि कपूरको तस्विर शेयर गरेकी छिन् ।
रिद्धिमा कपूर साहनी आफ्नो पिता ऋषि कपूरलाई सम्झेर भावुक भएकी छिन् । उनले इंस्टाग्राममा पितासँगको थुप्रै तस्विर शेयर गर्दै लेखेकी छिन्, “बुवा, उहाँ भन्नुहुन्थ्यो कि जब तपाई यदी कसैलाई गुमाउनुहुन्छ भने तपाई जीवित रहन सक्नुहुन्न। तपाईको मन निकै दुख्छ। तर मलाई थाछा छ कि तपाई यस टुटेको मनमा रहनुभएको छ भने सधैँ रहनुहुनेछ।
मलाई थाहा छ कि तपाई हामीलाई हेरिरहनु भएको थियो। तपाईले मलाई करुणाको उपहार दिनुभयो। मलाई सम्बन्धको मुल्य दिनुभयो र मलाई यस्तो बनाउनु भयो जो अहिले म छु।म तपाईलाई सधैँ याद गर्छु र माया गर्छु। जन्मदिनको शुभकामना।”
https://www.instagram.com/p/CErylmuM0p5/
साथै भतिजिहरु करिश्मा र करिना, बलिउड अभिनेत्री अनष्का शर्मा लगायतले पनि उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।