
बलिउड फिल्ममा रुचि राख्ने दर्शकले हालसम्म गुलसन ग्रोबर, रन्जीत, शक्ति कपूर र प्रकाश राजजस्ता बलिउडका स्टारहरूलाई फिल्ममा खुङ्खार खलनायकका रूपमा हेरिसकेका छन् । तर यहाँ अन स्क्रिन खलनायक कलाकारका सुन्दरी र स्टाइलिस पत्नीका बारेमा चर्चा गरिनेछ ।

नवाजुद्दीन सिद्दीकी पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका बलिउड अभिनेता हुन् । उनी जुनसुकै भूमिकामा पनि उत्तिकै फिट छन् । नवाजुद्दीनकी आलिया अन्जली सिद्दीकी हुन् । उनीहरूको एक छोरी छिन् । नवाजको ४१ औँ जन्मदिनमा उनीहरूको घरमा छोराको आगमन भएको थियो । यद्यपि, हालको अवस्थामा उनीहरूको वैवाहिक जीवन सङ्कटमा छ ।

अभिनेता आशुतोष राणा बलिउडको खतरनाक खलनायकमध्ये एक हुन् । उनले सन् १९९० को दशकको लोकप्रिय टेलिभिजन र फिल्म अभिनेत्री रेणुका शहाणेसँग विवाह गरेका थिए । उनीहरूका दुई छोरा छन् ।

बलिउडका प्रख्यात अभिनेताको पहिलो श्रीमति फिलोमिना ग्रोवर(सन् १९९८–२००१) थिइन् । यो विवाह लामो समयसम्म टिकेन । फिलोमिनासँगको विच्छेदपछि गुलशनले कशिश ग्रोवरसँग विवाह गरे । यो विवाह पनि सन् २००२ मै समाप्त भयो ।

‘सिंघम’ र ‘दबंग २’ मा खलनायकको भूमिकामा अभिनय गरेर आफ्नो प्रतिभा देखाइसकेका बलिउड अभिनेता प्रकाश राजले सन् २००९ मा पहिलो श्रीमती ललिता कुमारीलाई सम्बन्ध विच्छेद गरेपछि सन् २०१० मा कोरियोग्राफर पोनी वर्मासँग विवाह गरेका थिए ।
फिल्म ‘काबिल’, ‘शूटआउट एट वडाला’, ‘डोंगरीका राजा’ जस्ता फिल्ममा खलनायकको भूमिकामा अभिनय गरेका रोनित रोयले नीलम सिंहसँग विवाह गरेका छन् । रोनित र नीलम तीन सन्तानका आमाबुवा हुन् ।

अभिनेता सोनू सूद चिरपरिचित अभिनेता हुन् । जसले बलिउड र तेलुगू फिल्ममा खलनायकको चरित्र निर्वाह गरिसकेका छन् । उनले सोनालीसँग विवाह गरेका छन् । अभिनेता डेनी डेन्जोङपा ९० को दशकका प्रख्यात खलनायक हुन् । उनलाई हिन्दी फिल्मको सबैभन्दा महान अभिनेतामा चित्रण गरिन्छ । डेनीले सिक्किमकी राजकुमारी गावा डेन्जोङपासँग विवाह गरेकी हुन् । उनीहरू सन्तानका साथ मुम्बईमा बस्दै आएका छन् ।

अभिनेता शक्ति कपुर हरेक भूमिकामा सर्वश्रेष्ठ छन् । चाहे त्यो कमेडी होस् या खलनायक । आफ्नो रिल जीवनमा उनले ७ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । वास्तविक जीवनमा उनले शिवांगी कोल्हापूरेसँग विवाह गरेका छन् ।
अभिनेता परेश रावल पनि कमेडीदेखि लिएर खलनायकसमेत हरेक भूमिकामा उत्तिकै रुचाइएका पात्रा हुन् । उनले पूर्व मिस इन्डिया स्वरुप सम्पतसँग विवाह गरेका थिए । उनीहरूका दुई छोरा छन् ।
स्वर्गीय दारा सिंहका छोरा विन्दु दारा सिंहले एक व्यावसायिक मोडल डीना उमारोवासँग विवाह गरेका छन् । तर दीना अघि विन्दुले अभिनेत्री फराहसँग विवाह गरेका थिए । जो तब्बूको बहिनी हुन् ।
अभिनेता रन्जीतले दुई सय भन्दा अधिक हिन्दी फिल्ममा अभिनय गरिसकेका छन् । यसमा बढी उनी खलनायक नै छन् । उनले सन् १९८६ मा आलोक बेदी(नाजनीन)सँग विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन् ।