
आशा नेगी भारतीय टेलिभिजनकी चर्चित नायिका हुन् । उनले पवित्र रिस्तामा पुर्बी देशमुखको भुमिका निवार्ह गरेर काम कमाएकी हुन् । आज पनि धेरैले उनलाई पुर्बी भनेर चिन्ने गर्दछन् । उनी २०१३ देखि सँगै काम गर्ने को एक्टर रितिक धानजानी सँग प्रेम सम्बन्धमा छिन् ।
उनीहरु अवार्ड समारोह देखि लिएर विकइन्डमा समेत सँगै देखिन्छन् । उनीहरु टेलिभिजनको सबैभन्दा बेस्ट कपल मध्यका एक हुन् ।
अब उनी बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्
तर अहिले उनीहरुको ब्रेकअपको हल्ला चलिरहेको छ । भारतीय अनलाईन पिंकभिल्लाले उनलाई सो विषयमा प्रश्न सोधेको थियो । उनले मुस्कुराउँदै भनिन् , “मानिस र सम्बन्ध आफ्नो ठाउँमा छ तर म उस्लाई माया नगरी बस्न सक्दिन ।”
“मैले मेरो सम्बन्धलाई धेरै नै पव्लिक गरे अब म मेरो सम्बन्धलाई पर्सनल बनाउन चाहन्छु ।” उनकाे याे उत्तरलाई डिपलाेमेटिक भन्दै उनीहरुले सम्बन्ध अन्त्य गरेकाे भारतीय मिडियाहरुले दाबी गरेका छन् । उनले डिजिटल माध्यमबाट आउने वारिसमा काम गरेर निकै चर्चा कमाइरहेकी छिन् । अब उनी बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् ।
उनी अनुराग बाँसुको लुडोमा अभिशेक बच्चन, आदित्य राय कपुर, राजकुमार राव, फतिमा साना सेख र सन्या मलहोत्रा सँगै देखिने छिन् । उनले केहि समय अगाडी लण्डनमा मस्ती गरिरहेकाे फाेटाे इन्टाग्राममा अपलाेड गरेकाे थिइन् ।
https://www.instagram.com/p/BypqafiAaj9/