
बलिउड अभिनेत्री काजोलको आज जन्मदिन परेको छ । आजबाट उनी ४७ वर्षमा प्रवेश गरेकी छिन् । अजयसँग विवाह बन्धनमा बाँधिएकी काजोल अहिले २ सन्तान र श्रीमानको साथमा रमाइलो जिन्दगी बिताइरहेकी छिन् ।
बलिउड अभिनेता अजय देवगन र उनकी पत्नी काजोलको ‘लव स्टोरी’ निकै रोचक छ । उनीहरु वैवाहिक जीवनमा बाधिँएका १९ वर्ष पूरा भएको छ । १९ वर्षे वैवाहिक जीवनकालमा काजोल र अजयले जीवनमा थुप्रै फिल्ममा काम गरे र दर्शकको दिल र दिमागमा रहेका छन् । काजोलको अजयसँगको प्रेम निकै रोचक छ ।
विवाहपछिका दिनहरुमा वैवाहिक सम्बन्ध बन्दै र बिग्रदै गर्ने बलिउडको दुनियाँमा उनीहरुको जोडी एक उदाहरणको रुपमा लिइन्छ । विवाहको सुरुका दिनहरुमा अजय बलिउडका भर्खर भर्खर पाइला सार्दै थिए भने काजोल उचाईमा पुगिकेकी थिइन् । भारतीय मिडियालाई दिएको अन्तर्वातामा काजोलले किन अजय देवगनसँग विवाह गर्ने निर्णय लिएकी थिइन् भनेर खुलासा गरेकी थिइन् ।
कंगनासँगको अफयेरका कारण धरापमा परेको थियो अजय र काजोलको सम्बन्ध
छोटोछोटो समयमा छिटोछिटो प्रेमसम्बन्ध भत्किरहने वर्तमान समयमा अजय देवगन र काजोलको प्रेमपूर्ण यात्राले दुई दशक काटिसेकेको छ । उनीहरूलाई बलिउडको आदर्श जोडीका रूपमा लिइन्छ। उनीहरूबिचको प्रेम पहिलो नजरको प्रेम थिएन। पहिलो पटक भेट्दा उनीहरूको मन अन्त कतै जोडिएको थियो।
समयले उनीहरूको प्रेम छुटायो र उनीहरू नजिक बने। उनीहरूहरू बिच पहिले भेट सन् १९९५ मा ‘हलचल’ सिनेमाको सेटमा भएको थियो।
त्यो भेट खासै फलदायी भएन। उनीहरूले साथमा काम गरे। त्यतिबेला उनीहरूबिच एकअर्कालाई जोड्ने तार दुबैले भेटेनन्। दुबैको स्वभाव फरक(फरक थियो। दुबैको स्वभाव हेर्दा कुनै दिन यी दुबै प्रेममा हुनेछन् र बिबाह पनि गर्नेछन् भनेर कसैले सोचेका थिएनन्।
अरूको त कुरै छोडौं स्वयं अजय र काजोलले पनि सोचेका थिएनन्। कारण काजोल ‘हा हो गर्ने, घमण्डी र एकदमै बोलीरहने व्यक्ति’ थिइन्।

काजोलको यो बानीले अजयलाई काजोल फेरी भेटनुपर्ने मान्छे जस्तो लागेन। अजयका बारेमा काजोलको सोचाइ पनि करिबकरिब त्यस्तै थियो। काजोलको नजरमा अजय ‘अर्कै र गवाँर’ किसिमका थिए। अजयमा उनले कुनै त्यस्तो आकर्षण भेटिनन्। त्यतिबेला त्यस्तो मरिहत्ते गर्ने कुनै कारण नभेटे पनि काजोललाई सिनेमाको एक दृश्य गर्दा भने अजयले कुनै दिन उनको जीवनमा महत्वपूर्ण भूमिका निभाउनेछन् भन्नेचाँहि हल्का महशुस गरेकी थिइन्।
तर तपाईलाई थाहा छ यो आदर्श जोडीको सम्बन्ध टु-ट्ने अवस्थामा पुगेको थियो । कारण थिइन् कंगना रनावत । कंगना र अजय एउटा फिल्मको सुटिङको समयमा नजिक भएका थिए । पछि उनीहरु प्रेम सम्बन्धमा रहेको हल्ला चल्न थाल्यो । कंगनाले बिहेको लागि प्रे-शर दिन थालिन् । अजयले घरमा समय दिन छाडे ।
उनीहरुको बीचमा झग-डा शुरु भयो । अन्त्यमा काजोलले २ बच्चा लिएर घर छाडेर जाने ध-म्की दिइन् र अजय बिस्तारै कंगनाबाट टाढा भए ।