मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री कंगना रनावतको मुम्बईस्थित भवनमा बीएमसीले गरेको कारवाहीको चर्को विरोध भइरहेको छ । जुन समयमा बीएमसीले कंगनाको भवनको केही भाग भत्काउने काम गरिरहेको थियो, त्यो समयमा कंगना मुम्बईमा थिइनन् ।
बीएमसीको ध्यान कंगनाको भवनमा नभई उनको घरमा निर्माण भएको अवैध संरचना तिर छ । यद्यपि अदालतले बीएमसीको कारवाहीमा रोक लगाएको छ । त्यसो त बलिउडमा कंगना मात्र होइन, शाहरुख खान, कपिल शर्मा जस्ता ठूलो स्टारको घरमा पनि बीएमसीको नजर परिसकेको छ ।
बलिउड अभिनेत्री प्रियंका चोपडाको कार्यालयमा बीएमसीको नजर परिसकेको छ । बीएमसीले प्रियंकाको ओशिवारास्थित कार्यालयमा अवैध निर्माण गरेको भन्दै दुई वर्ष पहिले कानूनी सूचना जारी गरेको थियो । जुन समयमा प्रियंका न्यूयोर्कमा थिइन् । बीएमसीले प्रियंकालाई एक महिना भित्रमा अवैध संरचना भत्काउन पनि भनेको थियो । प्रियंकालाई यो सूचना अँधेरी वेस्ट इलाकाको ओशिवारामा रहेको कार्यालय र त्यसमा भनेको एक अन्य व्यावसायिक कम्प्लेक्सभित्र निर्माण भएको अवैध संरचना हटाउनका लागि थियो ।
बीएमसीको निशानामा अभिनेता इरफान खानको फ्ल्याट पनि परेको थियो । जसलाई लिएर पुलिस र बीएमसीलाई कैयौं उजुरी परेको थियो । डीएलएच भवनको छैटौं तलामा रहेको इरफानको फ्ल्याटमा इन्स्पेक्सनको बेला टिमको फ्ल्याटको संरचनामा धेरै बद्लाव देखिएको थियो ।
भवनको कैयौं भागलाई गलत किसिमले बढाइएको थियो र आधा भन्दा बढी पार्किङ एरियालाई डाइनिङ हलमा परिणत गरिएको थियो । बेडरूम, हल र बालकनी भागमा पनि निकै परिवर्तन देखिएको थियो । फ्ल्याटका दुई ढोकालाई तोडेर कोठाको आकारलाई बढाइएको थियो । प्रहरीले इरफानसहित चार मानिसका विरुद्ध सूचना जारी गरेको थियो ।
सन् २०१५ मा शाहरुख खानको आलिसान भगवन मन्नतले पनि अतिक्रमण गरेपछि बीएमसीले आफ्नो फौज बोलाएर त्यसलाई हटाएको थियो । शाहरुखले आफ्नो घर भन्दा बाहिर बीएमसीको अनुमति बिना स्टील र्याम्प बनाएका थिए । यो निर्माणका विरुद्ध बीएमसीमा उजुरी परेको थियो । बीएमसीले यो निर्माणलाई गैर कानूनी भन्दै तोडेको थियो । बीएमसीले शाहरुखको कार्यालय रेड चिल्लीज इन्टरटेनमेन्टको अफिसमा रहेको क्यान्टिनलाई अवैध भन्दै तोडेको थियो ।
बीएमसीको कारवाहीबाट अरशद वरसीको बंगला पनि सुरक्षित रहेन । सन् २०१७ मा वर्सोवामा अरशदको बंगलामा एक निर्माणलाई अवैध भन्दै बीएमसीले भत्काएको थियो । यसअघि बीएमसीले एयर इण्डियाको कोओपरेटिभ सोसाइटीको बंगला नम्बर १० मा सूचना टासेको थियो र अरशदको दोस्रो तलाको अवैध निर्माण हटाउनका लागि २४ घण्टाको समय दिएको थियो । अरशदले कुनै जवाफ नदिएपछि बीएमसीले आफ्नो कारवाही गरेको थियो ।
सन् २०१७ मा गायक मीका सिंहको फ्ल्याटमा मुम्बई महानगरपालिकाको नजर परेको थियो । त्यसपछि बीएमसीले उनलाई कानूनी पत्र पठाएको थियो । मीकाले आफ्नो ओशिवारास्थित डीएलएच एन्क्लेव फ्ल्याटमा अवैध निर्माण गराएका थिए । त्यही कारण उनलाई पत्र पठाइएको थियो । मीकाले आफ्नो फ्ल्याटको पिलरलाई गलत किसिमले हटाएका थिए । योसँगै भित्र गलत तरिकाले डक्टस र भेन्टिलेसन निर्माण गरेका थिए ।
कमेडियन कपिल शर्मा र बीएमसीबीच भएको यो झगडाले उसबेला खुबै चर्चा पाएको थियो । यो घटना कपिलको गोरेगाउँस्थित फ्ल्याटसँग जोडिएको थियो । कपिलमाथि आफ्नो फ्ल्याटमा अवैध निर्माण गरेको आरोप थियो । सन् २०१६ मा बीएमसीले वर्सोवास्थित कपिल शर्माको भवनमा भएको अवैध निर्माणलाई तोडेको थियो । कपिल शर्मा यो विरुद्ध उच्च अदालतसम्म पुगेका थिए ।
पछिल्लो समयमा यस अनलाइनमा प्रकाशित भएका खोजमुलक समाचारहरु कपि गरेर आफ्नो साइटमा राख्ने पाइएको हुनाले केटीएम दैनिकको अनुमतिबिना कपी नगर्नुहोला । अन्यथा नेपालको प्रतिलिपी अधिकार ऐन र सामाजिक सञ्जाल फेसबुकको Intellectual Property Right अनुसार उजुरी गरिने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।