
निजगढ । बाराको निजगढ नगरपालिका-६ मा एक बालिकामाथि जबरजस्ती करणी प्रयास भएको छ ।
निजगढ नगरापलिका-६ शान्तिटोल बस्ने ५८ बर्ष टिका प्रसाद ढुङ्गेलले छिमेकमा बस्ने १४ वर्षीया बालिकालाई घरमा केरा खान बोलाएर जबरजस्ती करणी गर्ने प्रयास गर्दा अरू व्यक्तिले देखेपछि होहल्ला भएको थियो ।
ढुङ्गेलले बालिकाको कपडा खोलिरहेको अवस्था छिमेकमा रहेका व्यक्तिहरूले देखेपछि घटना बाहिर आएको हो ।
स्थानीयले घटनाबारे इलाका प्रहरी कार्यालय निजगढमा खबर गरेपछि त्यहाँबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिगएको टोलीले अनुसन्धानको लागि ढुङ्गेललाई नियन्त्रणमा लिएको छ ।
अहिले उनलाई इलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले केटिएम दैनिकलाई बताए ।

निजगढमा अशक्त बालिकामाथि जबरजस्ती करणी, अवस्था गम्भिर
निजगढ । बारा जिल्लाको निजगढ नगरपालिका-१२ मा एक ११ बर्सिया अशक्त...
शनिवार, असोज ६ २०८०कानुनमा के छ ?
मुलुकी अपराध संहिताको जबरजस्ती करणी सम्बन्धी कसुरका अनुसार १४ देखि १६ वर्षका किशोरीमाथि जबरजस्ती करणी गर्नेलाई बाह्र देखि चौध वर्षसम्म कैद सजाय तोकिएको छ । तर उद्योग (प्रयास) मात्रै गरेकोमा तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ। जस अनुसार उक्त सजाय अवधि साढे सात देखि आठ वर्षसम्म हुन आउँछ।
नोट: यसमा प्रयोग गरिएको स्केच ‘बलात्कारविरुद्धको कानुनसम्वन्धी जानकारी पुस्तिका‘ बाट लिइएको हो ।