
सिरहा । सिरहामा लागुऔषध सहित दुई जना पक्राउ परेका छ्न् । पक्राउ पर्नेमा लहान नगरपालिका-२१ माधोपुर बस्ने २१ वर्षीय अर्जुन कुमार राम र सोही पालिकाको वडा नं. २० हरीनगरा बस्ने ३५ वर्षीय रामानन्द दास रहेका छ्न् ।
इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा खटिएको टोलीले पूर्व पश्चिम लोकमार्गको गोलबजार नगरपालिका-४ आर्या होटल अगाडि बाट उनीहरूलाई पक्राउ गरेको हो ।
बा.६३ प. ९१९६ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका उनीहरूले साथमा बोकेको झोलाबाट विभिन्न किसिमका एक हजार ४७५ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रबिन्द्र राज पाण्डेले बताए ।
पक्राउ परेकाहरुलाई लागुऔषध, मोटरसाइकलसहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याइ थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिए ।