
निजगढ । बारा जिल्लाको निजगढ नगरपालिका-१२ मा एक ११ बर्सिया अशक्त बालिकामाथि जबरजस्ती करणी भएको छ ।
बोलीसम्बन्धी अपाङ्गता भएकी बालिकामाथि स्थानीय ६० वर्षका पुरुषले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको हो ।
शुक्रवार दिउँसो ती बालिकामाथि राना साइँला भन्ने सोम बहादुर लुम्बाले जबरजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरीपश्चात् लुम्बालाई शुक्रवार राती ११:०० बजे अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले केटिएम दैनिकलाई बताए ।
न्यौपानेका अनुसार पीडित बालिकालाई उपचारको लागि कलैया प्रादेशिक अस्पताल पठाइएको छ ।
बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको बुझिएको छ ।
पक्राउ परेका लुम्बाउपर करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा अशक्त बालिकामाथि करणी
काठमाडौँ । मानसिक रूपमा अशक्त रहेकी एक बालिकामाथि जबरजस्ती करणी गरेको...
बिहीबार, भदौ २८ २०८०कानुनमा के छ ?
नेपालको कानुनले १८ वर्ष भन्दा कम उमेरका बालिका/किशोरीमाथि उनीहरूकै सहमतिमा शारीरिक सम्बन्ध राखेता पनि उक्त सम्बन्धलाई बलात्कार ठहर गर्दै पीडितको उमेर र परिस्थिति अनुसार विभिन्न कैद सजाय, जरिवाना र क्षतिपूर्ति तोकेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ (ख) अनुसार दश देखि १४ वर्ष उमेरका बालिकामाथि करणी गर्ने व्यक्तिलाई अठारदेखि बीस वर्षसम्म कैद, सात लाख रुपैयाँ जरिवाना तोकेको छ भने पूर्ण रूपमा अशक्त अपाङ्गता भएकी बालिका/महिलामाथि करणी भएमा जन्मकैदको व्यवस्था गरेको छ ।
आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रूपमा अरूको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्तिलाई पूर्ण अशक्त अपाङ्गता भनिन्छ ।