
जनकपुर । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा आज बिहान आगलागी भएको छ ।
रामबाबु राय यादवले आफ्नै साढे दुई तले घरमा सञ्चालन गरेको उक्त मार्टमा आज बिहान १:१५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
उक्त आगो बिहान ७:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।
आगलागी नियन्त्रणमा लिनको लागि पाँच वटा दमकल, नेपाल प्रहरीका ४० जना, सशस्त्र प्रहरीबाट ३० जना, नेपाली सेनाबाट २५ जना, विभिन्न नगरका प्रहरीका र स्थानीयवासी खटिएका थिए ।
आगलागीबाट कुनै पनि मानवीय क्षति भएको छैन ।
मार्ट सञ्चालक यादवले साढे चार करोड रुपैयाँ बराबरको मार्टको सामान र घरसमेत गरी १० करोडभन्दा बढीको क्षति पुगेको दाबी गरेका छन् ।
आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।