
बीरगञ्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका-२ ढोङ्गही खोलामा महिलाको शव भेटिएको छ ।
बिहीबार साँझ खोलानजिकै वेवारिसे अवस्थामा ३५/४० वर्ष जस्तो देखिने महिलाको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।
हालसम्म मृतकको सनाखत हुन सकेको छैन ।
मृतकको हुलिया सार्वजनिक गर्दै कोही महिला हराएको भए आफन्त वा नजिकका नातेदारलाई सम्पर्कमा आउन पर्सा प्रहरीले अनुरोध समेत गरेको छ ।
पाँच फिट दुई ईन्च उचाई भएकी मृतकको तौल ४० देखि ४५ केजी रहेको छ । उनको शरिरमा निलो रङ्गको पेटिकोट, रातो रङ्गको ब्लाउज र हातमा रातो रङ्गको चुरा लगाएको अवस्थामा शव भेटिएको हो ।