राष्ट्रिय क्रिकेट टीमबाट निलम्बनमा परेका सन्दीप लामिछानेसँग पाँच देशको भिसा रहेको खुलेको छ ।
सन्दीपविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनीमाथि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार लामिछानेसँग पाँच देशको भिसा छ । नाम गोप्य राखिदिने सर्तमा ती अधिकृतले केटिएम दैनिकसँग भने, ‘उनीसँग इंग्ल्याण्ड, अमेरिका, अष्ट्रेलिया र मलेसियासहित ५ मुलुकको भिसा रहेको अनुसन्धानमा खुलेको छ ।’
भदौ ५ गते क्लोज क्याम्पमा काठमाडौँको एक फाइभ स्टार होटेलमा रहेका सन्दीप घर जाने भन्दै त्यहाँबाट बिदा भएर आफ्नो बा**च ४४४४ नम्बरको सेतो रंङ्गको निशान एक्स-ट्रायल गाडी लिएर ती नाबालिकालाई भेट्न पुरानो बानेश्वर पुगेका थिए ।
लामिछानेले पुरानो बानेश्वरबाट बालिकालाई गाडीको अगाडिको सिटमा राखेर भित्री बाटोबाट सिनामंगल, कोटेश्वर हुँदै नगरकोट पुर्याएका थिए । बोजिनी नगरकोट रिसोर्टमा बेलुका ८:३० बजेको समयमा एक किशोरीसँग सन्दीप त्यहाँ पुगेको उक्त रेसोर्टले पुष्टि गरिसकेको छ ।
ती नाबालिकालाई मादक पदार्थ अफर गरेका लामिछानेले बालिकाले इन्कार गरेर जसरी पनि काठमाडौं जाने बताएपछि त्यहाँबाट ११ बजे निस्किएको र होटेलको बिल फोनपे मार्फत भुक्तानी गरेको समाचार यसअगाडि केटिएम दैनिकमा प्रकाशित भइसकेको छ ।
त्यहाँबाट काठमाडौंको पिङ्गलास्थान नजिकको एक होटलमा ल्याएर लामिछानेले ती युवतीलाई पटक पटक करणी गरेको बालिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
लामिछानेविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ भने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका लामिछाने अहिले कहाँ छन् सवैतिर चासोको विषय बनेको छ । लामिछाने त्यहाँबाट हिँडेको अपुष्ट खबर भएतापनि उनी कहाँ छन् भन्ने प्रश्नको उत्तर न नेपाल प्रहरीसँग छ भने न त क्यानका पदाधिकारीहरूसँग ।
क्यानले निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत आफू चाँडै नेपाल फर्कने बताएका लामिछाने विदेशमा कुनै देशमा लुकेको हुनसक्ने आशंका हुन थालेको छ ।
सन्दीप प्रकरणमा केटिएम दैनिकमा प्रकाशित समाचारहरू
- ब्रेकिङ: बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी
- अनुसन्धानमा दोषी देखिए सन्दीपलाई इन्टरपोल मार्फत नेपाल झिकाइने
- पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
- नगरकोट रिसोर्ट भन्छ : ८:३० मा इन्ट्री, ११ बजे चेक आउट, बिल फोनपे मार्फत
- क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
- सन्दीप प्रकरण: क्यानको व्यवस्थापन माथि उठ्यो प्रश्नचिह्न
- लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
- सन्दीप राष्ट्रिय टिमबाट निलम्बनमा परे
- फाइन्ड, फ* एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू
- सन्दीपविरुद्ध बोल्न थाले अन्य किशोरी
- जेभियर कलेजले हटाउन थाल्यो सन्दिप लामिछानेका तस्विर अंकित बोर्डहरू
- सन्दीप कहिले आइपुग्छन् नेपाल ?
- सन्दिपलाई कालोसूचीमा राखेको भन्दै आक्रोशित भइन् रीमा !
- सन्दीप अन्तर्राष्ट्रिय आतंकबादी हैन, हात धोएर नलागौं : प्रमोद खरेल
- अधिवक्ता कार्यक्रममा जाँदा सन्दीपलाई भेट्न सिंगापुर पुगेको हल्ला, के हो सत्यता ?
- अझै केही दिन सन्दीपको बाटो कुर्ने निष्कर्षमा पुग्यो नेपाल प्रहरी