
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा हेर्न नभ्याईनेमा परेको छ ।
काठमाडौं जिल्ला न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा तोकिएको पेशी हेर्न नभ्याईनेमा परेको हो ।
उक्त मुद्दामा आज अन्तिम सुनुवाइ हुनुपर्ने थियो। क्रम संख्या अनुसार मुद्दाको पेसी पाँचौं नम्बरमा रहेकोमा आज पनि हेर्न नभ्याइनेमा राखिएको हो।
यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ ।
यससँगै अर्को पेशी कहिले तोकिन्छ भन्ने कुराले सन्दीपले एसिया कप खेल्ने,नखेल्ने यकिन हुनेछ । यसअघि पनि यो मुद्दाको पेसी पटक पटक परेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन्। मुद्दाको पेसीका कारण सन्दीप एसिया कपका लागि नेपाली टिम पाकिस्तान गए पनि उनी जान पाएका थिएनन् ।
लामिछानेविरुद्ध एक नाबालिगलाई गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको मुद्दा परेको हो । लामिछानेविरूद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।