
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक बालिकालाई लिएर भदौ ५ गते बेलुका नगरकोटको एक रिसोर्टमा पुगेको पुष्टि भएको छ ।
लामिछाने सो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र कमलबिनायकबाट ९ किलोमिटरको दुरीमा अवस्थित बोजिनी नगरकोट रिसोर्टमा पुगेको उक्त रिसोर्टको व्यवस्थापन हेर्ने उच्च तहका कर्मचारीले केटिएम दैनिकलाई बताए । उनले भने, “सन्दीप लामिछाने एक युवतीसँग भदौ ५ गते राति ८:३० बजेको समयमा यहाँ आउनुभएको हो ।”
‘उहाँहरू यहाँ आउँदा दुवै जना खुशी देखिनुहुन्थ्यो ।’ उनीहरूलाई सर्भ गरेका कर्मचारीको भनाई उद्धृत गर्दै उनले भने ।
त्यहाँ पुग्नु अगावै लामिछाने उक्त रिसोर्टको एक भिआइपी रुम बुक गरेको पीडित बालिकाको आफन्तले दाबी गरेका छन् । होटेल कर्मचारीका अनुसार लामिछाने र युवतीले एउटै प्लेटमा खाना खाएका थिए । उहाँहरू यहाँबाट अन्दाजी ११:०० निस्कनुभयो । लामिछानेले बिल फोनपे मार्फत तिर्नुभएको हो ।
बालिका निकट स्रोतका अनुसार रिसोर्टमा पुगेपछि लामिछानेले मादक पदार्थ अफर गरेका थिए । बालिकाले आफूले मादक पदार्थ सेवन नगर्ने र जसरी पनि काठमाडौँ जाने बताएपछि लामिछानेले बुक गरेको भिआइपी रुम त्यतिकै छाडेर फर्किन बाध्य भएका हुन् । स्रोतले केटिएम दैनिकसँग भन्यो, ‘बालिका रुममा नजाने भन्दै गाडीमै गएर बसेपछि लामिछाने काठमाडौँ फर्किन बाध्य भएका हुन् ।’
प्रहरीले लामिछाने त्यहाँ पुगेको दिनको सिसिटिभी फुटेज लिएको र सर्भ गर्ने होटेल कर्मचारीको बयानसमेत लिएको प्रहरी स्रोत बताउँछ ।
पीडित बालिकाका निकट स्रोतसँग केटिएम दैनिकले गरेको कुराकानीको पुरा अंश यहाँबाट पढ्न सकिन्छ ।
नोट: यहाँ प्रयोग गरिएको बालिकाको तस्बिर pixabay.com बाट लिइएको एक प्रतिनिधिमुलक तस्विर मात्र हो । सम्पादक
सन्दीप प्रकरणमा केटिएम दैनिकमा प्रकाशित समाचारहरू
- ब्रेकिङ: बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी
- अनुसन्धानमा दोषी देखिए सन्दीपलाई इन्टरपोल मार्फत नेपाल झिकाइने
- पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
- क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
- सन्दीप प्रकरण: क्यानको व्यवस्थापन माथि उठ्यो प्रश्नचिह्न
- लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
- सन्दीप राष्ट्रिय टिमबाट निलम्बनमा परे
- फाइन्ड, फ* एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू
- सन्दीपविरुद्ध बोल्न थाले अन्य किशोरी