राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।
१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्यो ।
पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।
समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो । केटिएम दैनिकले पीडित भनिएको परिवारसँग पनि सम्पर्क गरेको छ । यस विषयमा पीडित भनिएको परिवार खुलेर बोल्न चाहेनन् । हामो सम्पर्कमा आएका पीडित परिवारका एक सदस्यले भने, “भोली/पर्सी सबै कुरा बाहिरिहाल्छ ।” उनले यस विषयमा थप प्रश्न नगर्न आग्रह गरे ।
लामिछाने भने अहिले नेपाल बाहिर छन् ।
सन्दीप प्रकरणमा केटिएम दैनिकमा प्रकाशित समाचारहरू
- अनुसन्धानमा दोषी देखिए सन्दीपलाई इन्टरपोल मार्फत नेपाल झिकाइने
- पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
- नगरकोट रिसोर्ट भन्छ : ८:३० मा इन्ट्री, ११ बजे चेक आउट, बिल फोनपे मार्फत
- क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
- सन्दीप प्रकरण: क्यानको व्यवस्थापन माथि उठ्यो प्रश्नचिह्न
- लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
- सन्दीप राष्ट्रिय टिमबाट निलम्बनमा परे
- फाइन्ड, फ* एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू
- सन्दीपविरुद्ध बोल्न थाले अन्य किशोरी