नायिका रीमा बिश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुर्व कप्तान सन्दीप लामिछानेलाई कालो सूचीमा राखेको भन्दै आक्रोशित बनेकी छिन् ।
सामाजिक सञ्जालमर्फल उनले अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ? भनेर प्रश्न तेर्साएकी छिन् ।
उनले लेखेकी छिन्, ‘सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनु हुदैन।
तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ?’
उनको यो पोस्टमा सन्दिपको फ्यानहरूले समर्थन जनाइरहेको छन् । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध भदौं २१ गते उजुरी परेको थियो ।
सन्दीप प्रकरणमा केटिएम दैनिकमा प्रकाशित समाचारहरू
- ब्रेकिङ: बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी
- अनुसन्धानमा दोषी देखिए सन्दीपलाई इन्टरपोल मार्फत नेपाल झिकाइने
- पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
- नगरकोट रिसोर्ट भन्छ : ८:३० मा इन्ट्री, ११ बजे चेक आउट, बिल फोनपे मार्फत
- क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
- सन्दीप प्रकरण: क्यानको व्यवस्थापन माथि उठ्यो प्रश्नचिह्न
- लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
- सन्दीप राष्ट्रिय टिमबाट निलम्बनमा परे
- फाइन्ड, फ* एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू
- सन्दीपविरुद्ध बोल्न थाले अन्य किशोरी
- जेभियर कलेजले हटाउन थाल्यो सन्दिप लामिछानेका तस्विर अंकित बोर्डहरू
- सन्दीप कहिले आइपुग्छन् नेपाल ?
- सन्दिपलाई कालोसूचीमा राखेको भन्दै आक्रोशित भइन् रीमा !