राष्ट्रिय क्रिकेट टोलीका कप्तान बन्द प्रशिक्षणमा रहेका बेला कसरी आफ्नो सवारीसाधमा एक बालिकालाई लिएर नगरकोटसम्म पुगे भन्ने प्रश्नले नेपाल क्रिकेट संघको व्यवस्थापनमा ठूलो प्रश्नचिह्न खडा गरेको छ ।
बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा काठमाडौंको हायत होटलमा रहेका लामिछाने भदौ ५ गते बेलुका आफ्नो बा**च ४४४४ नम्बरको सेतो रंङ्गको निशान एक्स-ट्रायलमा एक बालिकालाई लिएर नगरकोट सम्म पुगेको र त्यहाँबाट काठमाडौंको पिङ्लास्थानमा रहेको होटलमा आएर ती बालिकामाथि जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा पुगेको छ ।
भोलीपल्ट अर्थात भदौ ६ गते लामिछानेको कप्तानीमा पाँचवटा टी–२० आई र तीनवटा एकदिवशीय खेल खेल्न केन्या जाने कार्यक्रम थियो ।
केन्या जानुभन्दा अघिल्लो दिन बालिका करणी गरेको आरोप लागेपछि क्यानको व्यवस्थापकीय पक्षमाथि ठूलो प्रश्नचिह्न खडा भएको हो ।
यस विषयमा बुझ्न हामीले क्यानका प्रवक्ता प्रशान्त विक्रम मल्लसँग टेलिफोन सम्पर्क गर्दा उनले यही विषयमा आफू छलफल रहेकोले पछि सम्पर्क गर्न अनुरोध गरे । त्यसअगाडि हामीले नेपाल क्रिकेट सङ्घका महाप्रवन्धक ब्रिटेन्ट खनालसँग सम्पर्क गरेका थियौ । हामीसँगको कुराकानीमा खनालले यसबारे क्यानको आधिकारीक धारणा केही समयमा आउने बताए ।
पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बालिकामाथि जबरजस्ती करणी गरेको समाचार...
बुधवार, भदौ २२ २०७९बन्द प्रशिक्षण कार्यविधिमा के के कुरा उल्लेख छ । कुन कुन अवस्थामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू बाहिर निसक्न पाउँछन् भन्ने प्रश्नको उत्तर क्यानले चाँडै सार्वजनिक गर्ने आशा गरिएको छ ।
क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
नेपाल क्रिकेट सङ्घका प्रवक्ता प्रशान्त विक्रम मल्लले अहिले नेपालको कुनै पनि...
बिहीबार, भदौ २३ २०७९सन्दीप प्रकरणमा केटिएम दैनिकमा प्रकाशित समाचारहरू
- ब्रेकिङ: बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी
- अनुसन्धानमा दोषी देखिए सन्दीपलाई इन्टरपोल मार्फत नेपाल झिकाइने
- पीडित बालिकाको यसरी भएको थियो सन्दीपसँग भेट
- नगरकोट रिसोर्ट भन्छ : ८:३० मा इन्ट्री, ११ बजे चेक आउट, बिल फोनपे मार्फत
- क्यान प्रवक्ता भन्छन् : खेल नभएकाले सन्दीपलाई निलम्बन गर्नु र नगर्नुले अर्थ राख्दैन्
- लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
- सन्दीप राष्ट्रिय टिमबाट निलम्बनमा परे
- फाइन्ड, फ* एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू
- सन्दीपविरुद्ध बोल्न थाले अन्य किशोरी