भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।
सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा हिजो परेको वर्षाका कारण क्षति पुगेपछि मुख्यमन्त्री थापाले आज स्थलगत अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीकोटगढी पुग्ने सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन आवश्यक ध्यान दिइने बताए।
उनले सडकको अवस्थाबारे जानकारी लिँदै आवागमन सहज बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।