काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबारदेखि बिहीबारसम्म लगातार घटेको सुनको मूल्य शुक्रबार भने बढेको हो। गत आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार चार हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।