काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना गर्ने भएको छ।
पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुनेछ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले सोही कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनेछन्।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि सुरु भएको थियो। महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियाअन्तर्गत शपथ ग्रहण कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।