राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंको टीका ग्रहण गरेका छन् । राष्ट्रपतिले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका हुन ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
आफूले टीका ग्रहण गरेपछि राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएका थिए ।