एमालेको वरिष्ठ नेता भएलगत्तै पूर्वराष्ट्रपति विद्या भण्डारी चीन जान लागेकी छन्। उनी बिहीबार उत्तरी छिमेकी चीनतर्फ जान लागेकी हुन्।
अध्यक्ष केपी ओलीपछिको वरियदामा एमालेको वरिष्ठ नेता भएपछि भण्डारी पहिलो पटक विदेश भ्रमणमा जान लागेकी हुन् । उनी ग्लोबल गभर्नेन्स फोरम- २०२६ मा सहभागी हुन चीन जान लागेकी हुन्।
चीनको हेबेई प्रान्तको सियोङआनमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन भण्डारी उत्तरी छिमेकतिर जान लागेकी हुन। यो कार्यक्रममा भाग लिनका लागि चीन सरकारले नै भण्डारीलाई निम्तो दिएको थियो। कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न भण्डारीलाई चीन सरकारले निम्तो दिएको हो।