काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्।
चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका हुन्।
बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टी घरमा शपथ कार्यक्रम राखिएको बताइएको छ ।
शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ।