काठमाडौँ । संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि स्थगित भएको छ ।
शनिवारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको हो । संघीय संसद् सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचना पत्र अनुसार यसअघि असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएको हो। त्यसैले प्रतिनिधि सभा नियमावली, २०८२ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक २०८२ असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी पुनः निर्धारण गरेका छन् ।