काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव रास्वपाको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
मन्त्रिपरिषद्का अन्य आठ जना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन् ।
मन्त्री यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला (राष्ट्रिय) केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
पहिलो चरणको निर्वाचनमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत पाएका छन् ।