काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्की भिड्ने भएका छन् । अन्य आकांक्षीहरु पछि हटेपछि द्वीपक्षीय भिडन्त निश्चित भएको हो ।
महिला उपसभापतिका लागि इन्दिरा राना मगर र समीक्षा बास्कोटाले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरूले ब्याक भएको बुझिएको छ ।
तोसिमा र सोविताले पछि नहट्ने अडान लिएपछि निर्वाचन गर्नुपर्ने भएको हो ।