काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपबाटै मतदान गर्ने पाउने भएका छन् ।
विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरू मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको हे ।
महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।