काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ। नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने जनाइएको छ ।
सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।