रामेछाप । असोज ४ गते दिउँसो २८ बर्सिया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उमाकुण्ड गाउँपालिका-३ बस्ने वर्ष ४७ को दिल बहादुर कार्कीलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको छ ।
रामेछाप जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माले हिजो गरेको फैसलाले कार्कीलाई पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको सूचना अधिकारी महेश्वर अर्यालले बताए ।
उनलाई असोज ८ गते प्रहरीले पक्राउ गरेर करणी सम्वन्धी कसुरमा मुद्दा अगाडि बढाएको थियो ।
प्रहरी स्रोतका अनुसार पीडित महिला अशक्त हुन् ।