काभ्रे । बजारमा प्याजको मूल्यवृद्धि भइरहेको समयमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सामान बोक्ने गाडीमा १६ टन बढी प्याज बरामद भएको हो ।
आइतबार दिउँसो पूर्वबाट आएका सवारी साधनहरु चेक जाँच गर्ने क्रममा पुरानो बिल सहित अवैध रुपमा ल्याइएको चार वटा टाटा योद्धा र ३ वटा बलेरो गाडीमा अन्दाजी ४०१ थान बोरामा प्याज बरामद काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ना ५ च २३६१ नं.को बोलेरो गाडीबाट ४० किलोको ६० बोरा, म.प्र. ०२–००१ च. १०९० नं.को बोलेरोबाट ५५ बोरा, ज१च १६६७ नं.को बोलेरोबाट ६० बोरा, प्र.१–०१–००१ च. ८५५९ नं.को योद्धा गाडीबाट ६२ बोरा, प्र.२–०४–००१ च. २५२३ नं. को योद्धा बाट ५० बोरा, प्र. २–०४–००१ च. ००३८ नं.को योद्धाबाट ५७ बोरा र प्र. २–०४–००१ च ००८९ नं.को योद्धाबाट ५७ बोरा गरी ४ सय १ बोरा प्याज बरामद गरिएको हो ।
प्रतिबोरा ४० किलोका दरले बरामद भएको प्याज १६ हजार ४० किलो रहेको र त्यसको मूल्य अन्दाजी सत्ताईस लाख छब्बिस हजार आठ सय रुपैया रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रहरीले प्याज बोकेर आएका सातवटै सवारीसाधन र त्यसका चालकलाई आवश्यक कार्वाहिको लागि राजस्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको जनाएको छ ।