
डडेलधुरा । जिल्लाको भागेश्वर गाउँपालिका-३ मा एक युवतीमाथि पटकपटक सामूहिक करणी भएको घटना सार्वजनिक भएको छ ।
उक्त घटना केही महिनाअघिको भएतापनि भर्खरै प्रहरीमा जाहेरी परेपछि सार्वजनिक भएको हो ।
२० वर्षकी युवतीमाथि गत वैशाख ५ गते *दुई युवाले र वैशाख १२ गते फेरी दुई युवाले करणी गरेको खुलेको छ ।
ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड र १८ वर्षका एक किशोरले ती युवतीलाई वैशाख ५ गते र स्थानीय २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओडले वैशाख १२ गते करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको हो ।
जाहेरी पश्चात घटनामा संलग्न चार जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक विर बहादुर थापाले केटिएम दैनिकलाई जानकारी दिए ।
घटनाबारे बिहीबार जिल्ला प्रहरी कार्यालयमा प्रेस मिट गरेर थप जानकारी दिइने थापाले बताए ।

विवाहित महिलामाथि सामूहिक करणी: पाँच महिनाको गर्भपछि प्रहरीमा जाहेरी
डडेलधुरा । डडेलधुरामा विवाहित महिलामाथि पटकपटक करणी भएको घटना सार्वजनिक भएको...
बिहीबार, असोज ४ २०८०नोट: यसमा प्रयोग गरिएको स्केच बलात्कारविरुद्धको कानुनसम्वन्धी जानकारी पुस्तिका बाट लिइएको हो ।
सच्चाइएको : यसअगाडि वैशाख ५ गते दुई युवाले करणी गरेको हुनुपर्नेमा तीन युवाले भएकोमा त्यसलाई सच्चाइएको छ ।