झापा । २० वर्षीया युवतीलाई होटलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय मोहन बहादुर राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।
उक्त उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।
घटनाको सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।