१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका-२२ बस्ने २४ वर्षीय संतोष यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका-७ स्थित एक घरमा संतोष यादव र २३ वर्षीय सरोज कुमार यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूमध्ये संतोष यादवलाई पक्राउ गरेको हो ।
हाल फरार सरोज कुमार यादवको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।