काठमाडौं । नेकपा एमालेले सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ।
आज बसेको पार्टी सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अम्गाईंलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्तावसमेत गरेको छ।