गायक राजु परियार र शान्तिश्री परियारको स्वर रहेको लोक दोहोरी गीत ‘यानीमाया सुनीमाया…’ सार्वजनिक भएको छ ।
राजेन्द्र खत्रीको शब्द रहेको गीतमा संगीत राजुले दिएका छन् । गीतको भिडिओमा सुनिल क्षेत्री र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडिओ सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । स्मिता स्नेहा इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको भिडिओ म्याग्दी, बाग्लुङ र पर्बतका आसपासमा छायाँकन भएको हो । दुर्गा पौडेलको छायाँकन रहेको भिडिओमा नबिन घर्तीमगरको सम्पादन रहेको छ ।
हेरौं भिडिओ