काठमाडौँ– यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ। प्रतियोगिता ओमानको अल अमेरातमा आयोजना हुन लागेको हो। प्रतियोगिता यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालले समूह चरणमा नोभेम्बर २० (कात्तिक २०) मा भारत, २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।
प्रतियोगिताको उद्घाटन दिन आज दुई खेल हुँदैछन्। पहिलो खेलमा मलेसिया र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछन्।