काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूसँग सहमति जुटाउन आफू निरन्तर संवादमा रहेको बताएका छन्।
१५औँ महाधिवेशनका लागि निर्वाचन अधिकृतलाई पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र देखिएका असमझदारी समाधानका लागि संवाद जारी रहेको बताए।
‘केही नेताहरू असन्तुष्ट हुनुहुन्छ। उहाँहरूसँग सहमतिका लागि म निरन्तर संवादमा छु,’ थापाले भने।
पार्टीको आधिकारिकताको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतसम्म पुर्याएको छ।
यसैबीच, कांग्रेसका दुवै पक्षका नेताहरूले विवादको समाधान संवाद र सहमतिमार्फत खोजिनुपर्ने बताउँदै आएका छन्। सभापति थापाको पछिल्लो भनाइले पनि पार्टीभित्रको असमझदारी अन्त्य गर्दै सहमति कायम गर्ने प्रयास भइरहेको संकेत गरेको छ।