काठमाडौं । मुलुकले आज नयाँ मिस नेपाल पाउने भएको छ। ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आज आयोजना हुँदैछ, जहाँ प्रतिष्ठित उपाधिका लागि २४ जना प्रतिस्पर्धी सुन्दरीबीच कडा प्रतिस्पर्धा हुनेछ।
यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। द हिडन ट्रेजरको आयोजनामा हुने यस संस्करणमा मिस कस्मोसहित विभिन्न अन्तर्राष्ट्रिय पाहुनाको समेत काठमाडौंमा उपस्थिति रहेको छ।
मुख्य तीन उपाधासँगै कम्तीमा एक दर्जन सहविधाका विजेतासमेत घोषणा गरिने आयोजकले जनाएको छ।
ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण आज अपराह्न ४ बजेदेखि हिमालय टेलिभिजनमार्फत गरिनेछ।