काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
मंसिर ८ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकका निर्णयबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । सम्मेलनमा समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक शुक्रबार सम्पन्न भएको थियो । बैठकले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।