काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्न लागेको हो ।
नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग लज्जास्पद हार बेहोरेको थियो । ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमै २६ रनमा समेटिएको थियो ।
समूह ‘बी’ मा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन् । यस समूहअन्तर्गत भारत ‘ए’ र पाकिस्तान ‘ए’ बीचको खेल पनि आजै हुँदैछ । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।