काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ। नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने जनाइएको छ ।
सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।