काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमा नयाँ पदाधिकारी मनोनयन गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले काँग्रेस विधानको धारा ३५ बमोजिम गठित केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई मनोनयन गरेका हुन्।
त्यसैगरी, अधिवक्ता राजु कटुवाललाई समितिको सदस्य सचिवको जिम्मेवारी प्रदान गरिएको काँग्रेसले जनाएको छ।
दुवै मनोनयन पार्टी विधानअनुसार गरिएको जनाइएको छ।